Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत फेला !

पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत फेला !


  • 5.9K
    Shares

    पतिसँगै होटलमा बसेकी युवती ५ तलाबाट खसेको अवस्थामा मृत फेला !
    images

    जनकपुरमा होटलमा आफ्ना श्रीमानसँगै बसेकी महिला पाँच तला माथिबाट खसेर मृत्यु भएको अवस्थामा फेला परेकी छन्।

    दुई दिनदेखि जनकपुरको रामानन्दचोकस्थित सर्लाही होटेल एन्ड गेस्ट हाउसमा आफ्ना पतिसँगै बसेकी ३० वर्षीया सिर्जना सुनार सिर्पाली आज (बुधबार) बिहान मृत भेटिएकी हुन्।

    होटेलछेउमै रहेको जनकपुर खानेपानी संस्थानको कम्पाउन्डमा आधा जिउ पानीमा र आधा बाहिर अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

    यातायात व्यवस्था कार्यालय जनकपुरमा स्कुटीको लाइसेन्स बनाउन श्रीमानसँगै आएकी म्याग्दीको तत्कालीन बिम गाविस निवासी सिर्जनाको मृत्यु रहस्यमय देखिएको छ।

    उनका श्रीमान विश्वास सिर्पालीले भने पत्नीले गएराति होटलको पाँचौ तलाबाट हामफालेर आत्महत्या गरेको दाबी गरेका छन्। तर आत्महत्या हो वा खसालिएको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।

    श्रीमान् विश्वासका अनुसार राति १२ बजेसम्म गफगाफ गरेर दुवै जना सुतिएको थियो। तर बिहान साढे ३ बजे ब्युझिँदा नदेखिएपछि खोजबिन गर्दा तल पछारिएको अवस्थामा उनको शव भेटिएको उनको दाबी छ।

    एघार दिनअघि मात्र आफू विदेशबाट फर्किएको र स्कुटीको लाइसेन्स बनाउन दुवै सँगै जनकपुर आएको विश्वासले प्रहरीसमक्ष बयान दिएका छन्।

    घटना शंकास्पद देखिएकाले विभिन्न कोणबाट अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - ११:१७:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij