Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले होली खेल्न रोक

कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले होली खेल्न रोक


  • 6.3K
    Shares

    कोरोना संक्रमणको जोखिम बढ्ने भएकोले होली खेल्न रोक
    images

    बैतडी । बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग सिमा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो ।

    यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । मास्क प्रयोग नगरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

    भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

    भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।

    पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन कक्षलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत गरिएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १०:५८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij