Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्कासन गर्दै

रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्कासन गर्दै


  • 8.8K
    Shares

    • images
    रुरु जलविद्युतले चैत २० देखि आईपीओ निष्कासन गर्दै
    images

    काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडले चैत २० गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।

    कम्पनीले प्रतिशेयर रू. १०० अंकित दरमा प्रिमियम बापत रू. २० थप गरी कुल रू. १२० मा ४ लाख ७ हजार ७०६ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

    निष्कासन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात ८ हजार १५४ कित्ता शेयर कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासन बन्द मिति छिटोमा चैत २४ र उक्त समयमा विक्री नभएमा वैशाख ३ गतेसम्म लगानीकर्ताले आवेदन गर्न सक्नेछन् । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

    कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सी आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट आवेदन दिन सक्नेछन् ।

    हाल कम्पनीको चुक्तापूँजी रू. ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । स्थानिय बासिन्दा तथा सर्वसाधारणमा आईपीओ विक्री गरेपश्चात उक्त पूँजी रू. ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । 

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १०:३६:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij