Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

मेलम्चीको पानी एक सातामै धारामा

मेलम्चीको पानी एक सातामै धारामा


  • 5.7K
    Shares

    मेलम्चीको पानी एक सातामै धारामा
    images

    लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।

    आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।

    आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने । यो समाचार आजको कारोबार दैनिकमा छ ।

    प्रकाशित मिति :चैत्र ११ २०७७ बुधवार - १०:३४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij