Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको मृत्यु

रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको मृत्यु


  • 6.4K
    Shares

    रोकिराखेको बसमा ट्रक ठोकिँदा एकै गाउँका ११ जनाको मृत्यु

    काठमाडौं ।  भारतीय राज्य उत्तर प्रदेशको शाहजहांपुरको ढाबामा पार्किङ गरी राखिएको निजी बसलाई ट्रकले ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार गिट्टीले भरिएको ट्रक ढाबामा रोकिएको बसमा ठोक्किन पुगेको हो । 

    शाहजहानपुरका एसएसपी अशोक कुमार मिणाका अनुसार ढाबानजिकै एउटा बस रोकिएको थियो जसमा श्रद्धालुहरू यात्रा गरिरहेका थिए। ती व्यक्तिहरू सीतापुरबाट पूर्णागिरि जाँदै थिए। कोही ढाबामा खाना खाइरहेका थिए भने कोही बसमा बसिरहेका थिए। गिट्टीले भरिएको ट्रक अनियन्त्रित भएर बसमा ठोक्कियो। 

    प्रहरीका अनुसार दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। घाइते सबैलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा मृत्यु हुने सबै सितापुरको बडा जेठा गाउँका बासिन्दा भएको बीबीसी हिन्दीले जनाएको छ। 

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ०९:५१:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij