Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने नेशनल लाइफको घोषणा

व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने नेशनल लाइफको घोषणा


  • 2.3K
    Shares

    व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने नेशनल लाइफको घोषणा

    काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण (नवीकरण) गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ।

    कम्पनीले आज एक सूचना प्रकाशित गरी यस्तो घोषण गरेको हो। कम्पनीका अनुसार २०७७ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्बन शुल्कमा १०० प्रतिशत छुट दिइनेछ।

    यसैगरी २०७४ चैत २ गतेदेखि हालसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत र अन्तिम बीमाशुल्क भुक्तानी गरेको मितिबाट २०७४ चैत १ गतेसम्म व्यतित भएका बीमालेख पुनर्जागरण गर्दामा विलम्ब शुल्कमा ६० प्रतिशत छुट दिइने कम्पनीले जनाएको छ।

    यो छुट सुविधा यही जेठ १० गतेदेखि असार १५ गतेसम्म तोकिएको प्रक्रिया पूरा गरी नवीकरण गराएमा बीमितले पाउने कम्पनीको भनाइ छ।

    पुनर्जागरण मितिले २ वर्षभित्र अवधि समाप्ति हुने बीमालेखहरुको हकमा विलम्ब शुल्कको छुट सुविधा नरहेको कम्पनीले स्पष्ट पारेको छ। त्यस्तै, एकपटक विलम्ब शुल्कमा छुट लिइसकेका बीमितहरुलाई पुनः बीमा अवधिभरि पुनः छुट नदिइने कम्पनीले जनाएको छ।

    प्रकाशित मिति :जेठ १३ २०८१ आइतवार - ०८:२८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij