२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । इलामको माई नगरपालिका–८, माइखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय मिङसुहाङ लिम्बू र आठ वर्षीय किस्मन आङदेम्बे रहेका छन् ।
उनीहरू बिहीबार दिउँसो माइखोलामा पौडी खेल्न गएका थिए । अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो । प्रहरी टोली र स्थानीयले मिङसुहाङलाई पानीमा डुबी घाइते अवस्थामा र किस्मनलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाइते मिङसुहाङलाई उपचारको लागि बी एन्ड सी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij