Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आजदेखी गोरखाको गोरखनाथमा २१औं सवालाख रोट महोत्सव सुरु

आजदेखी गोरखाको गोरखनाथमा २१औं सवालाख रोट महोत्सव सुरु


  • 2.4K
    Shares

    • images
    आजदेखी गोरखाको गोरखनाथमा २१औं सवालाख रोट महोत्सव सुरु
    images

    काठमाडौं । गोरखा सदरमुकामको गोरखनाथमा आजदेखी २१औं रोट महोत्सव सुरु भएको छ । २० गतेसम्म हुने रोट महोत्सव सुरु भएको सिद्वाश्रम शक्ति केन्द्र नेपालका रामजी अधिकारीले जानकारी दिए।

    महोत्सव स्थल गोरखनाथ मन्दिर परिषरमा आवश्यक सामाग्रीहरु पुगिसकेको उनले बताए । ‘रोटको लागि आवश्यक चालमको पिठो, ध्यू तथा मरमसला सबै आई सकेको छ’ उनले भने ‘गुरु गोरखनाथको लागि आवश्यक चौरासी ब्यन्जनका सबै सामाग्री समेत आईपुगेको छ ।’

    महोत्सव स्थल गोरखा दरर्बार र गोरखनाथ गुफालाई बिशेष रुपमा सजाइएको छ । आगन्तुकहरुलाई विभिन्न स्थानमा स्वागत गेटका साथै ब्यानर राखेर स्वागत गरिएको छ ।

    अहिले बिहान हुने कलशयात्राको तयारी भईरहेको छ । कलशयात्रा बिहान ९ बजेसम्ममा गोरखा बजारमा रहेको सिद्धाश्रम शक्तिकेन्द्रबाट निकाल्ने तयारी भइरहेको हो । महोत्सवका कारण गोरखा बजार क्षेत्रलाई विशेष रुपमा सजाईएको छ ।

    रथ यात्राले पुरानो बसपार्क, पदेली, ठुलो आँगन, सतिपिपल, तल्लो कोट, रामशाह चौतारो, गणेश थान हुदै गोरखा नाथ गुफामा पुगेर समापन हुने छ । आज नै रथ यात्रा पछी गोरखनाथ गुफा अगाडी गोरखनाथको झण्डोतोलन समेत हुने आयोजक सिद्वाश्रम शक्ति केन्द्र नेपालले जानकारी दिएको छ ।

    महोत्सव अवधीभरमा १ लाख २५ हजारभन्दा बढी रोट चढाइने रामजी अधिकारीले बताउनुभयो । विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी गुरु गोरखनाथलाई केन्द्रले रोट अर्पण गर्दै आएको छ ।

    गोरखनाथलाई अर्पण गरीएको रोट स्वदेश तथा विदेशमा प्रसादको रुपमा बितरण गर्ने प्रचलन रहेको पनि उनले जानकारी दिए । महोत्सवमा यस पटक पनि स्वदेश र विदेशबाट भक्तजन आउने अपेक्षा गरिएको छ ।

    रोट के लाई भन्निछ ?

    रोट २ किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । भुग्रे रोटलाई आगाको भुग्रोमा पकाउने गरिन्छ । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तयार पारीएको हुन्छ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।

    सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।

    नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।

     

    प्रकाशित मिति :जेठ ११ २०८१ शुक्रवार - ०९:३४:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij