Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

लुकाई छिपाई ल्याएको ९५ बोतल भारतीय मदिरा बरामद

लुकाई छिपाई ल्याएको ९५ बोतल भारतीय मदिरा बरामद


  • 5.7K
    Shares

    लुकाई छिपाई ल्याएको ९५ बोतल भारतीय मदिरा बरामद

    झापा । प्रहरीले झापा बुद्धशान्ति गाउँपालिका-४ बर्ने स्थित राजमार्गबाट अवैध रुपमा ल्याएको भारतीय मदिरा बरामद गरेको छ ।

    सोमवार राती ११ बजे ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मे१ज ३३५१ नम्बरको भेन नियन्त्रणमा लिई चेकजाँच गर्दा सिटमुनी लुकाई छिपाई राखेर ल्याएको भारतीय मदिरा SIKKIM GOLDEN नामक ८४ बोतल र फायरबल ११ बोतल फेलापारी बरामद गरेको हो ।

    बरामद गरिएको मदिरा, भेन र भेन चालक ईलाम सुर्योद्धय-२ का २८ वर्षीय प्रकाश खड्कालाई आवश्यक कारबाहीका लागी श्री आन्तरिक राजश्‍व कार्यालय चन्द्रगढी झापामा बुझाईको छ ।

    साथै त्यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १६:४४:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij