२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । काठमाडौंको गोंगबुमा पठाओका राइडर र ट्याक्सी चालक बीच झडप छ ।
सोमबार ट्याक्सी चालक र राइड शेयरिङ प्लेटफर्म पठाओका राइडर बीच झडप भएको हो । पछिल्लो समय पठाओ राइडरले अफलाइनबाट पनि यात्रु ओसार पसार गर्न थालेपछि यो समस्या निम्तिएको बताइएको छ ।
पठाओका राइडरले अनलाइन मार्फत यात्रु ओसारपसार गर्दा कम्पनीलाई आम्दनीको २० प्रतिशत बुझाउनु पर्ने हुन्छ । तर अफलाइन मार्फत यात्रु ओसारपसार गर्दा फाइदा हुने भएपछि राइडरहरुले ट्याक्सीले जसरी नै यात्रु ओसारपसार गर्न थालेका हुन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij