२०८२ भाद्र १६ गते सोमवार
शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो ।
हामी गौतम बुद्धको गुणगाण गाउछौं । बुद्धको जन्मप्रति गौरव गर्छौं । तर, बुद्धले जुन मार्गदर्शन गरे, त्यो बाटोमा हिँड्ने प्रयास भने गर्दैनौं । वास्तवमा भगवान बुद्धले आफुलाई पूज्य बनाउका लागि कुनै उपदेश दिएका थिएनन् ।
खासमा त्यो कुरालाई सम्पूर्ण मानव जातिले सुन्नेछन्, बुझ्नेछन् र आफ्नो जीवनमा उपयोग गर्नेछन् भन्नका खातिर उनले बुद्ध दर्शनको प्रतिपादन गरेका थिए । अतः यहाँ उनको अनमोल बचनहरु प्रस्तुत गरिएको छ ।
गौतम बुद्धका प्रेरक भनाइहरू
१. शान्ती आफै भित्र हुन्छ, यसलाई बाहिर नखोज ।
२. आफ्नै तर्क र विवेकले स्विकार नगरेसम्म पढेको वा सुनेको कुरामा विश्वस नगर ।
३. यदी आफैलाई सच्चा प्रेम गर्दछौ भने तिमीले अरूलाई पिडा दिन सक्दैनौ ।
४. हामी जे सोच्दछौ उँही बन्दछौ ।
५. उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।
६. त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ती त्याग गर्न सक्छ ।
७. वितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।
८. लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।
९. यदी विद्यार्थी तयार छ भने शिक्षक स्वतं उपस्थित हुन्छ ।
१०. हमी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौ ।
११. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा ।
१२. हाम्रो मस्तिष्कनै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ ।
१३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज ।
१४. हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।
१५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij