Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

बंगलादेशको शरणार्थी शिविरमा आगलागी, सातजनाको मृत्यु

बंगलादेशको शरणार्थी शिविरमा आगलागी, सातजनाको मृत्यु


  • 5.7K
    Shares

    बंगलादेशको शरणार्थी शिविरमा आगलागी, सातजनाको मृत्यु
    images

    काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थीको बसोबास रहेको शिविरमा सोमबार भीषण आगलागी भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोक्स बजारको भीषण आगलागीको कारण हजारौं रोहिंग्याहरु विस्थापित भएका छन् ।

    बंगलादेशको प्रहरीका अनुसार उक्त आगलागीमा परी अहिलेसम्म सातजनाको मृत्यु पुष्टि भएको छ । बंगलादेश प्रहरीका एक वरिष्ठ अधिकारी जाकिर हुसेन खानले उक्त आगलागीमा सातजनाको मृत्यु भएको र त्यसमध्ये तीनजना बालबालिका रहेको बताए ।

    सोमबार चार शव निकालिएको खानले बताए । अझैसम्म पनि आगलागीको कारण भने खुलेको छैन । प्रहरीले अहिले आगलागीको कारणबारे अनुसन्धान गरिरहेको छ । सोमबारको आगलागीको कारण कोक्स बजारको १७ हजारभन्दा धेरै छाप्राहरु जलेको र हजारौं शरणार्थी विस्थापित भएको अधिकारीहरुले बताएका छन् ।

    सोमबारको आगलागी उक्त क्षेत्रमा रहेका करिब एक चौथाइ शरणार्थीको बसोबास रहेको क्षेत्रमा फैलिएको थियो । अझै पनि धेरै मानिसहरु हराइरहेको शरणार्थीको क्षेत्रमा काम गर्ने संस्थाहरुले बताएका छन् । घटनामा भएको क्षतिको पूर्ण विवरण आउन अझै केही समय लाग्न उनीहरुको भनाइ छ । एजेन्सी

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १५:४१:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij