Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

स्वास्थ्य

यस्ता छन् सरकारले तय गरेको ‘लू’ सम्बन्धी प्रतिकार्य योजनाहरू (योजनासहित)

यस्ता छन् सरकारले तय गरेको ‘लू’ सम्बन्धी प्रतिकार्य योजनाहरू (योजनासहित)


  • 2.3K
    Shares

    • images
    यस्ता छन् सरकारले तय गरेको ‘लू’ सम्बन्धी प्रतिकार्य योजनाहरू (योजनासहित)
    images

    काठमाडौं । सरकारले गर्मी बढेसँगै द्रुत गतिमा तातो हावाको लहर अर्थात् ‘लू’ सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य योजना निर्माण गरी लागू गरेको छ । 

    ‘लू’ सम्बन्धी पहिलोपटक प्रतिकार्य योजना निर्माण गरी आजदेखि नै लागू गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

    मंगलबार प्रतिकार्य योजनाले पूर्णता पाएको हो । प्रतिकार्य योजनामा विपद् भइहालेमा स्थानीय पालिकाबाट तत्काल औषधिसहितको स्वास्थ्यकर्मीको टोली परिचालन हुने गरी एक्सन टिम तयार पार्नेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेसम्मका विषय समावेश गरिएको उनले बताए । 

    अहिलेसम्म लूका विषयमा खास पूर्वतयारीका काम हुन नसकिरहेका बेला यसपालि प्रतिकार्ययोजना नै तयार पारी लागू गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तह तथा स्वास्थ्य कार्यालयलाई बढी जिम्मेवार हुने गरी कार्ययोजना तयार पारिएको छ । 

    उक्त कार्ययोजनामा जिल्लास्तरमा विपद् संवाद सञ्चालन गर्ने, लूबाट बच्ने उपाएका सम्बन्धमा प्रचारप्रसार गर्ने, हेल्थ डेस्क स्थापना गरेर पानी, जीवनजल, सर्वतपानी वितरण गर्ने, प्राथमिक उपचारका लागि स्थानीय स्वास्थ्य संस्थालाई तयारीमा राख्ने, भीडभाड नियन्त्रण गर्ने, दिउँसोमा धेरै हिँड्डुल नगर्न सचेत गराउने, कार्यस्थलमा शीतल हुने सुविधा उपलब्ध गराउने, यातायातमा सिट क्षमताअनुसार मात्रै यात्रु राख्न लगाउने, पङ्खाको व्यवस्था मिलाउने, बिहान–बेलुका काम गर्ने वातावरण सिर्जना गर्नेलगायत रहेका छन् । 

    यस्तै, प्रतिकार्य योजनामा लूसम्बन्धी जल तथा मौसम विज्ञान विभागबाट जारी सूचना पालिकातहसम्म पुर्याउने रहेको छ । प्रमुख कार्यकारी अधिकृत पोखरेलका अनुसार प्राधिकरणका नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख सहसचिव भरतमणि पाण्डेको नेतृत्वको टोलीले उक्त प्रतिकार्ययोजना तयार गरेको हो । यही योजनाअनुसार हरेक जिल्लामा कार्य गर्ने गरी मन्त्रालयले आवश्यक निर्देशन दिएको उनले बताए । 

    अहिलेसम्म नेपालमा तातो हावाको लहर र यसबाट बच्ने उपायका विषयमा ठोस कदम चालिएको छैन । रेडक्रसले नेपालगञ्जमा केही कार्यक्रम सुरु गरेको भए पनि सरकारी तहबाट काम हुन नसकिरहेका बेला अब भने व्यवस्थितरुपमा कार्य गर्ने गरी कार्य योजना निर्माण गरेर काम अघि बढाइएको छ । 

    प्रमुख कार्यकारी अधिकृत पोखरेलले तातो हावाको लहरले प्रत्यक्षभन्दा अप्रत्यक्ष रुपमा बढी क्षति पुर्याउने बताउनुभयो । नेपालमा वार्षिक ०.०५२ प्रतिशतले अधिकतम तापक्रम बढिरहेको छ । न्यूनतम तापक्रम पनि ०.००२ प्रतिशतले वृद्धि भइरहेको मौसम्विद्हरुले बताएका छन् । 

    नेपालको तराईका २२ जिल्ला तातो हावाको लहरबाट बढी प्रभावित छन् । यसपालि गर्मी बढ्ने र वर्षा पनि बढी हुने आँकलन जल तया मौसम विज्ञान विभागले सार्वजनिक गरेको छ । त्यसैले गर्मीबाट नागरिकको ज्यान बचाउन र जनजीवन प्रभाविन हुन नदिन प्रतिकार्ययोजना निर्माण गरी लागू गर्न लागिएको हो ।

    प्रकाशित मिति :जेठ ९ २०८१ बुधवार - १२:१६:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij