Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

भिरबाट लडेर बालिकाको मृत्यु

भिरबाट लडेर बालिकाको मृत्यु


  • 7.3K
    Shares

    भिरबाट लडेर बालिकाको मृत्यु
    images

    अछाम । भिरबाट लडेर अछामको बान्निगढी जयगढ गाउँपालिका–६ दर्ना चन्डालीकी ७ वर्षीया बालिका आयुशा ठकुल्लाको मृत्यु भएको छ ।

    सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार आज बिहान ८ः३० बजे बिद्यालय जाँदै गरेको अवस्थामा भिरबाटो भन्ने ठाउँबाट लडेर गम्भीर घाइते भएकी थिइन् ।

    गम्भीर घाइते भएकी बालिकालाई प्रहरी टोलीले उद्धार गरी बयलपाटा अस्पताल लैजाने क्रममा बीचबाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका भिरबाट करीब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।  रासस

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:२२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij