Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

पोर्चुगलबाट ब्रेन ट्युमरका बिरामीलाई सहयोग

पोर्चुगलबाट ब्रेन ट्युमरका बिरामीलाई सहयोग


  • 4.4K
    Shares

    पोर्चुगलबाट ब्रेन ट्युमरका बिरामीलाई सहयोग

    नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकाका १७ वर्षीय ब्रेन ट्युमरका  बिरामी दीपक परियारको उपचारका लागि  पोर्चुगलका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

    घरको आर्थिक अवस्था कमजोर भई छोराको उपचार गर्न कठिनाइ भएकाले पितामाता रामबाबु दमाईं र अमृता परियारले छोरालाई बचाउनका लागि सार्वजनिक अनुरोध गरेपछि बेलकोट –१३  का वडा सदस्य विकास पाण्डेका अनुरोधमा पोर्चुगलमा कर्मथलो बनाउँदै आएका राम सिलवालका सक्रियतामा रु ५५ हजार नेपाली समुदायको सहयोगमा सङ्कलन  गरिएको हो ।  

    वडा समिति सदस्य पाण्डेले सङ्कलित रकम बिरामीका बुबा रामबाबुका घरमा पुगी  हस्तान्तरण गर्दै पीडित परियारको स्वास्थलाभको कामना गर्नुभयो । रासस

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १४:१५:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij