Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने

गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने


  • 3.6K
    Shares

    गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभा बैठक स्थगित, सोमबार बिहान ११ बजे बस्ने

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै प्रतिनिधि सभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबारको सबै कार्यसूची हटाएको जानकारी दिए ।  

    प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए । प्रतिनिधिसभाको आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएर बैठक स्थगित भएको हो । 

    यसअघि रविलाई संससमा बोल्नबाट प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको थियो । कांग्रेसले रविलाई आफ्ना कुरा राख्ने दिने निर्णय गरेसँगै आइतबारको बैठक चलेको थियो । 

    सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

    प्रकाशित मिति :जेठ ६ २०८१ आइतवार - १९:०६:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij