Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अफगानिस्तानमा आकस्मिक बाढीले ५० जनाको मृत्यु

अफगानिस्तानमा आकस्मिक बाढीले ५० जनाको मृत्यु


  • 2.9K
    Shares

    अफगानिस्तानमा आकस्मिक बाढीले ५० जनाको मृत्यु
    images

    पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा पचास जनाको ज्यान गएको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ ।

    ‘शुक्रबार बाढीका कारण घोर प्रान्तका पचास जना बासिन्दाको मृत्यु भएको छ भने अन्य धेरैजना बेपत्ता रहेका छन्,’ घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीले एक विज्ञप्तिमा भने ।  

    बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ, बाढीले हजारौँ गाईवस्तु पनि मरेका छन्, सयौँ हेक्टर कृषि योग्य जमिनमा क्षति, सयौँ पुल र हजारौँ रुखहरू नष्ट भएका छन्,’ उनले भने ।  

    प्रान्तभित्रका  प्रमुख सडकहरू ‘पूर्णरूपमा अवरुद्ध’ भएका थिए । विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :जेठ ५ २०८१ शनिवार - १५:०१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij