Logo

२०८२ फाल्गुण ३० गते शनिवार

२०८२ फाल्गुण ३० गते शनिवार

प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका प्रेमिले आफूलाई पनि लगाए आगो

प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका प्रेमिले आफूलाई पनि लगाए आगो


  • 6.0K
    Shares

    प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका प्रेमिले आफूलाई पनि लगाए आगो

    काठमाडौं । काठमाडौंमा एक युवकले आफ्नै प्रेमिकालाई मट्टितेल खन्याएर आगो लगाएका छन् । कागेश्वरी मनोहरा नगरपालिका ८ मा सोलुखुम्बुकी युवतीलाई आगो लगाएको प्रहरीले जनाएको छ ।

    प्रेमिकालाई आगो लगाएपछि युवकले आफूलाई पनि आगो लगाएको तर उनको भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । युवतीको घर सोलुखुम्बु र युवकको दोलखा हो ।

    १९ वर्षीय पूजा कार्कीलाई दोलखाका सुरज श्रेष्ठले आगो लगाएका हुन् । पूजा बुद्धचोकमा र सुरज जोरपाटीमा बस्दै आएका छन् ।आगलागीबाट युवती भने गम्भीर घाइते भएकी छन् । युवतीको कीर्तिपुरस्थित अस्पतालमा आईसीयूमा उपचार भइरहेको छ ।

    उनको अवस्था गम्भीर रहेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए । दोलखा घर भएका सुरज श्रेष्ठको भने साँखुमा उपचार भइरहेको छ ।

    युवकले लागूऔषध सेवन गरेर सुरुमा युवतीलाई कुटपिट गरेको र पछि मट्टितेल खल्याएर आगो लगाएको पाइएको छ । युवतीको निधारमा चोट लागेको छ । दुवै जना अस्पतालमा रहेकाले घटनाको विस्तृत नखुलिसकेको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - १२:१३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij