२०८२ भाद्र २४ गते मंगलवार
धनगढी । बसको ठक्करबाट युवतीको मृत्यु प्रकरणलाई लिएर कैलालीको लम्बी तनावग्रस्त भएको छ। मृतकका आक्रोशित आफन्तले प्रदर्शन गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ।
मंगलबार बिहान लम्की चोकमा टीकापुरतर्फ जाँदै गरेको ना ६ ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो।
घटनाको विरोधमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध पारेर प्रर्दशन गरिरहेका छन्। प्रदर्शनकारीहरुले इलाका प्रहरी कार्यालय लम्कीमा घेराउ गरेका छन्।
उनीहरुलाई तितरबितर पार्न हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। उनले तनाव बढेपछि बल प्रयोग गरेको बताए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij