Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची


  • 7.9K
    Shares

    प्रतिनिधिसभा बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

    संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

    यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६र७७  र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६र७७ को वार्षिक प्रतिवेदन पेश हुन सक्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

    यसअतिरिक्त उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

    सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन । बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन् ।

    सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।

    पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा  र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।

    फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।

    samsad-karya-suchie.jpg

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - ११:२५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij