Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

सुर्खेतको रङ्गशालाबाट चौध वर्षीय बालक बेपत्ता

सुर्खेतको रङ्गशालाबाट चौध वर्षीय बालक बेपत्ता


  • 5.9K
    Shares

    • images
    सुर्खेतको रङ्गशालाबाट चौध वर्षीय बालक बेपत्ता
    images

    हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ गोप्कागाउँका एक बालक १० दिनदेखि बेपत्ता भएका छन् । यही चैत १ गतेदेखि १४ वर्षीय राजु विक सुर्खेतको रङ्गशालाबाट बेपत्ता भएका छन् ।

    केही दिन अगाडि हुम्लाबाट मोबाइल मर्मत तालिम सिक्न सुर्खेत पुगेका उनी १० दिनदेखि सम्पर्कमा नआएको उनका दाजु राजेन्द्र विकले बताउनुभयो ।

    सुर्खेतमा प्रत्येक महिनाको १ र १५ गते लाग्ने मेला हेर्न १ गते सुर्खेत रङ्गशाला पुगेका विक त्यस दिनदेखि घर फिर्ता नभएको उनका दाजुले गुनासो गर्नुभयो ।

    दश दिनसम्म खोजी गरेको भए पनि कोही कसैको सम्पर्कमा नआएको उहाँले बताउनुभयो । चैत १ गतेदेखि हराएका भाइको खोजी गरिदिनका लागि प्रहरी कार्यालय सुर्खेतमा शनिबार निवेदन दिएको विकले जानकारी दिनुभयो ।

    सुर्खेत पुगेका विकले मोबाइल तालिमसँगै सङ्गीत सिकिरहेका थिए । बेपत्ता विकको मोबाइल स्वीचअफ छ । विक सुर्खेतको कालिञ्चोकमा डेरा लिएर बस्दै आएका थिए । रासस

    प्रकाशित मिति :चैत्र १० २०७७ मंगलवार - ११:२१:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij