Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन

अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन


  • 4.5K
    Shares

    अफगानिस्तानमा ४० हजार बालबालिका घरबारविहीन
    images

    उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा शुक्रबार बाढीका कारण झन्डै ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।

    बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजन समेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरशद मलिकले बताए ।

    विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर  बाढीबाट तीन सय ३० जनाभन्दा बढीको मृत्यु भएको छ । बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो ।

    अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने तथा बालबालिका सङ्क्रामक रोगको सिकार हुन सक्ने चेतावनी दिएका छन् । 

    विश्व स्वास्थ्य सङ्गठनले सोमबार बाढी प्रभावित क्षेत्रमा सङ्क्रमणको जोखिम अनुगमन गर्न आठ आपतकालीन प्रतिकार्य टोली परिचालन गरेको छ । 

    प्रकाशित मिति :जेठ १ २०८१ मंगलवार - १२:२४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij