Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अन्तर्राष्ट्रिय 

भारतमा चौथो चरणको मतदान आज : १० राज्य, केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान हुँदै

भारतमा चौथो चरणको मतदान आज : १० राज्य, केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान हुँदै


  • 2.3K
    Shares

    भारतमा चौथो चरणको मतदान आज : १० राज्य, केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान हुँदै
    images

    भारतको लोकसभा चुनावको चौथो चरणको मतदान आज सुरु भएको छ । आज कुल १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटमा मतदान भइरहेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।

    यस चरणमा आन्ध्र प्रदेशको १७५ र ओडिशाको २८ विधानसभा सीटका लागि पनि मतदान भइरहेको छ । आज हुने मतदानमा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्व क्रिकेटर युसुफ पठान, अभिनेता तथा नेता शत्रुघ्न सिन्हासहित कुल १७१७ उम्मेदवार मैदानमा रहेका छन् । 

    यस चरणमा कुल १७.७० करोड मतदाताहरूले १९ लाखभन्दा बढी मतदान केन्द्रहरूमा मतदान गर्दैछन् । जसमध्ये ८.९७ करोड मतदाता पुरुष र ८.७३ करोड महिला मतदाता छन् । 

    निर्वाचन हुने राज्यमा आन्ध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू र कश्मीर रहेका छन् । 

    प्रकाशित मिति :बैशाख ३१ २०८१ सोमवार - ०९:०७:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij