Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था ? राष्ट्र बैंकको तथ्याङ्क सार्वजनिक (पूर्णपाठसहित)

कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था ? राष्ट्र बैंकको तथ्याङ्क सार्वजनिक (पूर्णपाठसहित)


  • 3.4K
    Shares

    कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था ? राष्ट्र बैंकको तथ्याङ्क सार्वजनिक (पूर्णपाठसहित)

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ९ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयसम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकको आर्थिक अनुसन्धान विभागले आइतबार जारी गरेको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.६१ प्रतिशत रहेको छ ।

    यस्तै आयात २.८ प्रतिशत, निर्यात ३.७ प्रतिशत र कुल वस्तु व्यापार घाटा २.८ प्रतिशतले घटेको बैंकले जनाएको छ । यसैगरी विप्रेषण (रेमिटेन्स) आप्रवाह नेपाली रुपैयाँमा १९.८ प्रतिशतले र अमेरिकी डलरमा १७.७ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.३६५ अर्ब १६ करोडले बचतमा रहेको छ । 

    बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति रु.१९११ अर्ब ८६ करोड र अमेरिकी डलरमा १४ अर्ब ३६ करोड रहेको छ भने  नेपाल सरकारको खर्च रु.९०९ अर्ब ३९ करोड र राजस्व परिचालन रु.७४८ अर्ब ४ करोड रहेको छ ।

    यस्तै बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.२ प्रतिशतले बढेको पनि बैंकले जनाएको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ४.६ प्रतिशतले बढेको छ भने वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.९ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । 

     

     

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - १३:४८:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij