२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । चालू आर्थिक वर्षको चैत मसान्तसम्म ९नौ महिना० मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९.८ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ९ महिनाको आर्थिक तथा वित्तीय स्थितिअनुसार चैतमसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रूपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७।७ प्रतिशतले वृद्धि भई ८ अर्ब १५ करोड पुगेको छ।
अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो। चालू वर्षको नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख २९ हजार ४२२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १२ हजार ७२१ रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख ८७ हजार ८३९ र २ लाख १७ हजार ९५९ रहेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij