Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तेस्रो त्रैमाससम्ममा एलआइसी नेपालको नाफा ७५.२६ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ? 

तेस्रो त्रैमाससम्ममा एलआइसी नेपालको नाफा ७५.२६ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ? 


  • 2.5K
    Shares

    तेस्रो त्रैमाससम्ममा एलआइसी नेपालको नाफा ७५.२६ प्रतिशतले बढ्यो, अभिकर्ता कमिशन मार्फत खर्चिएको रकम कति ? 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले १९ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कमपनीले सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कमपनीको नाफा गत आर्थिक बर्षको सोही अवधीको तसलनामा ७५.२६ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    चैत्र मसान्तसम्ममा कम्पनीले १२ अर्ब ८९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ९४ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ०।३७ प्रतिशतले घटेको हो।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ करोड ७५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा १२ अर्ब ८६ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ अर्ब ८७ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ०।०५ प्रतिशतले घटेको हो।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा १ खर्ब ४ अर्ब ८९ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार ११.९० प्रतिशतले वृद्धि भएर १ खर्ब १७ अर्ब ३७ करोड पुगेको छ ।

    चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले शेयर प्रिमियममा शिर्षकमा ६ करोड रुपैयाँ संचित गरेको छ । यस अवधिमा कम्पनीको महाविपत्तीकोषमा ५३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा २ अर्ब ७ करोड ९४ लाख रुपैयाँ रहेको छ ।

    समिक्षा अवधिमा कम्पनीले ९३ करोड ५९ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५ करोड २६ लाख रुपैयाँ खर्चिएको थियो ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०८:२०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij