२०८२ माघ १२ गते सोमवार
काठमाडौँ । मंगलबार बस्ने प्रतिनिधि सभा बैठकमा तीन ओटा वार्षिक प्रतिवेदन पेस हुने भएका छन् ।
संघीय संसद् सचविालयले निकालेको सम्भावित कार्यक्रमको सूचनामा प्रधानमन्त्री केपी शर्मा ओलीले न्याय परिषद् र न्याय सेवा आयोगको प्रतिवेदन तथा महान्यायाधीवक्ता कार्यालयको आर्थिक वर्षको प्रतिवेदन पेस गर्ने उल्लेख छ ।
त्यस्तै उद्योग तथा वाण्ज्यि र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले समितिको प्रतिवेदन पेस गर्ने कार्यक्रम तय भएको संघीय संसद् सचिवालयका महासचिव डा। भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।
बैठक दिउँसो एक बजे संसद् भवन वानेश्वरमा बोलाइएको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij