Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले कमायो ५१ करोड ६३ लाख नाफा, वार्षिक प्रतिशेयर आम्दानी कति ? 

तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले कमायो ५१ करोड ६३ लाख नाफा, वार्षिक प्रतिशेयर आम्दानी कति ? 


  • 2.9K
    Shares

    तेस्रो त्रैमाससम्ममा राष्ट्रिय बीमा कम्पनीले कमायो ५१ करोड ६३ लाख नाफा, वार्षिक प्रतिशेयर आम्दानी कति ? 

    काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमाससम्ममा ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २६ करोड ६६ लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ५१ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.७८ प्रतिशतले घटेको हो  । गत आर्थिक बर्षमा कम्पनीले ६८ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, चैत्र मसान्तसम्ममा कम्पनीले १ अर्ब १५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब २ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ४२।९२ प्रतिशतले घटेको हो ।

    चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म स्पेसियल रिजर्भ शिर्षकमा ३ अर्ब ३१ करोड १३ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा ३ अर्ब ५६ करोड ८३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २५८.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६११.२९ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख ३० २०८१ आइतवार - ०७:३९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij