Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु

श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु


  • 2.9K
    Shares

    श्रीमानलाई जोगाउन जाँदा करेन्ट लागेर श्रीमतीको मृत्यु

    काठमाडौँ । सर्लाहीमा श्रीमानलाई करेन्ट लागेर जोगाउन जाँदा श्रीमतीको करेन्ट लागेर मृत्यु भएको छ ।  ईश्वरपुर नगरपालिका ९ रामनगर बस्ने २८ वर्षीया कुसुम देवी महतोको करेन्ट लागेर शुक्रबार राति मृत्यु भएको हो । 

     ११ हजार भोल्टको तारमा वाइफाईको तार बेरिएर भुईँमा झरेको अवस्थामा तारलाई कुसुमको श्रीमान् ३४ वर्षीय रम्भा महतोले उठाउने क्रममा करेन्ट लागेको थियो । सो देखेपछि कुसुमले छुटाउन खोज्दा दुवै जना करेन्ट लागेर घाइते भएका थिए ।

    घाइतेमध्ये कुसुमको सिद्धि विनायक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै रम्भाको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचार भइरहेको छ । 

    यता चितवनको माडी नगरपालिका(२ जीवनपुर बस्ने ५५ वर्षीय शिव प्रसाद मर्दनियाको करेन्ट लागेर शुक्रबार साँझ मृत्यु भएको छ । आफ्नै घरको छतको धारामा हात धुने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो । 

    प्रकाशित मिति :बैशाख २९ २०८१ शनिवार - १६:०३:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij