२०८२ भाद्र २४ गते मंगलवार
हुम्ला । हुम्लामा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ ।
सर्केगार्ड गाउँपालिका–७ ठुलागाउँका ५५ वर्षीय गंगबहादुर छत्यालको रुखबाट लड्दा घटनास्थलमै मृत्यु भएको हो ।
बाख्रा चराउन गएका छत्याल रुखमा राखेको घाँस खसाल्नेक्रममा लडेर मृत्यु भएको वडाध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।
स्थानीय पवित्रा देवकोटाले छत्यालको मृत्यु भएको खबर पाएपछि गाउँलेहरु घटनास्थल पुगेको बताइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij