Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

सूर्यदर्शन सहकारीबाट रवि लामिछाने आफैँले एक करोड लगेको प्रमाण भेटियो

सूर्यदर्शन सहकारीबाट रवि लामिछाने आफैँले एक करोड लगेको प्रमाण भेटियो


  • 6.4K
    Shares

    सूर्यदर्शन सहकारीबाट रवि लामिछाने आफैँले एक करोड लगेको प्रमाण भेटियो

    सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफैँले माग फारम भरेर एक करोड रुपैयाँ ऋण लगेको खुलासा भएको छ । पोखरा महानगरपालिकाले बनाएको छानबिन समितिले उक्त विषयको खुलासा गरेको हो । 

    छानबिन समितिका अनुसार ग्यालेक्सी टेलिभिजनका सेयरधनी एवं प्रबन्ध निर्देशक रहेका बेला लामिछानेले उक्त ऋण माग गरेको फारम भेटिएको छ । लामिछानेले एक करोड रूपैयाँ ऋण पाऊँ भनेर सहकारीमा ऋण माग गरेको फारम भरेको देखिएको र सो माग फारममा उनको हस्ताक्षर पनि रहेको छानबिनका क्रममा भेटिएको हो । सो प्रमाण समितिले आफ्नो प्रतिबेदनमा पनि पेस गरेको छ । 

    गृहमन्त्री लामिछानेले भने अहिलेसम्म आफूले कुनै पनि सहकारी संस्थामा निवेदन दिएर वा माग फारम भरेर ऋण नलिएको बताउँदै आएका छन्। तर, छानबिनका क्रममा सो ऋण गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र पछि लामिछानेले गोर्खा मिडिया नेटवर्कबाट सहकारीमा सो ऋण तिरेको पनि देखिएको छ ।

    झन्डै साढे तीन महिना लगाएर बनाइएको तीन हजार ४१९ पृष्ठको प्रतिवेदन बिहीबार कास्की प्रहरीलाई बुझाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले विस्तृत प्रतिवेदनका नौवटै ठेली कास्की प्रहरीका डीएसपी वसन्त शर्मालाई हस्तान्तरण गरेका हुन् ।

    Suryadarshan-Sahakari_kqwQoaL4tM.jpg

    प्रकाशित मिति :बैशाख २८ २०८१ शुक्रवार - ०३:२८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij