२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । स्टार माइक्रो इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमाससम्ममा ९३ लाख रुपैयाँ भन्दा धेरै नफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा ५२ करोड ५० लाख शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा ९३ लाख २२ हजार रुपैयाँ नाफा आर्जन गरेको हो ।
चैत्र मसान्तसम्ममा कम्पनीले १ करोड २३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कम्पनीले खुद रु। ४० लाख ४५ हजार खुद बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कम्पनीले स्पेसियल रिजर्भ सिर्षकमा ६८ लाख २६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्ग ६० लाख ६ हजार रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij