Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड ५४ लाख, प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ 

९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड ५४ लाख, प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ 


  • 3.2K
    Shares

    ९ महिनामा हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४३ करोड ५४ लाख, प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ 

    काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमससम्ममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ४३ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    कम्पनीले सार्वजनिक गरेको विततीय विवरण अनुसार कम्पनीले आर्जन गरेको यो नाफा गत आर्थिक बर्षको सोही अवधीको तुलनामा  ७.९९ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

    ८ अर्ब २ करोड शेयर पूँजी भएको कम्पनीले तेश्रो त्रैमाससम्म कम्पनीको महाविपत्ती कोषमा ४१ करोड ६२ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८०को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषमा ५२ अर्ब १२ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १८.५७ प्रतिशतले वृद्धि भएर ६१ अर्ब ८० करोड पुगेको छ ।

    कम्पनीले यस अवधिमा १२ अर्ब २ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.४१ प्रतिशतले वृद्धि भएको हो ।

    चैत्र मसान्तसम्ममा कम्पनीले १२ अर्ब ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ अर्ब ३५ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ८.६२ प्रतिशतले वृद्धि भएको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३० करोड ८२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड २६ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । 

    समिक्षा अवधिमा कम्पनीले ९९ करोड ८१ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६ करोड ५६ लाख रुपैयाँ खर्चिएको थियो ।कम्पनीको प्रतिशेयर आम्दानी ७.२४ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२४.२५ रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख २७ २०८१ बिहिवार - ०७:४४:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij