२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तस्रो त्रैमाससम्ममा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण् अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको हो । जसअनुसर चैत मसान्तसम्ममा कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो । गत आर्थिक बर्ष २०७९÷८० के सेही अवधीसम्ममा कम्पनीले १६ करोड ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
३ अर्ब २ करोड रुपैयाँ शेयर पूँजी रहेके यस कम्पनीले तेस्रो त्रैमाससम्ममा २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २८ करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन पनि बृद्धि भएको हो ।
यस्तै, चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीको स्पेशल रिजर्भ शिर्षकमा १ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ४६ करोड ९९ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत १ अर्ब ४१ करोड ७२ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८१ करोड ९७ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो ।
कम्पनीले यस अवधिमा ८६ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४६ करोड ७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन बृद्धि भएको छ ।
समिक्षा अवधिमा कम्पनीले ४ करोड ४५ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ४६ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा बढी रकम खर्चिएको छ ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५८ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९२ पैसा रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij