२०८२ माघ १२ गते सोमवार
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा अपरान्ह ३ बजेदेखि बैठक सुरु भएको हो।
बैठकमा पार्टी उपसभापति विजयकुमार गच्छदार पनि सहभागी भएका छन्। गच्छदार एक वर्षदेखि बालुवाटार जग्गा प्रकरणमा फरार सूचीमा छन्।
संस्थापनइतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल, गगन थापालगायतका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न नेतृत्वलाई दबाब दिइरहेका बेला बैठक बस्न लागेको हो। सभापति देउवाले भने यस विषयमा खासै चासो देखाएका छैनन्।
माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्य गरेर नयाँ सरकार गठनका लागि पहल गर्न वरिष्ठ नेता पौडेलले दबाब दिइरहेका छन्।
पौडेलले आइतबार आफू पक्षीय नेताहरूसँग छुट्टै राखेको बैठकमा पनि अन्य दलहरूसँग छलफल गरेर प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्वले पहल गर्नुपर्ने धारणा राखेका थिए।
तर, देउवासहित संस्थापन पक्षका नेताहरू सरकार गठनका लागि परिपक्व स्थिति आइनसकेको बताइरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij