Logo

२०८२ भाद्र ११ गते बुधवार

२०८२ भाद्र ११ गते बुधवार

आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची

आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची


  • 2.3K
    Shares

    • images
    आज कुन तरकारी तथा फलफुलको मूल्य कति ? हेर्नुहोस् सूची
    images

    काठमाडौँ । आज मातातीर्थ औँसी ! आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले पनि विभिन्न तरकारी तथा फलफूलको मूल्य विवरण सार्वजनिक गरेको छ । 

    जसअनुसार आज गोलभेडा ठूलो (नेपाली) को प्रतिकिलो न्युनतम मूल्य ३५ रुपैयाँ, गोलभेडा ठूलो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ६० रुपैयाँ, गोलभेडा सानो (लोकल) को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, गोलभेडा सानो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य २५ रुपैयाा, गोलभेडा सानो (तराई) को प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ, आलु रातोको प्रतिकिलो न्युनतम मूल्य ४५ रुपैयाँ र आलु रातो (भारतीय) को प्रतिकिलो न्युनतम मूल्य ४८ रुपैयाँ पर्नेछ । 

    यस्तै, छ्यापी सुकेको प्रतिकिलो न्युनतम मूल्य १५० रुपैयाँ, छ्यापी हरियोको प्रतिकिलो न्युनतम मूल्य १०० रुपैयाँ, ताजा माछा (रहु) को प्रतिकिलो न्युनतम मूल्य ३३० रुपैयाँ, ताजा माछा (बचुवा) को प्रतिकिलो न्युनतम मूल्य २५० रुपैयाँ, ताजा माछा (छडी) को प्रतिकिलो न्युनतम मूल्य २५० रुपैयाँ र ताजा माछा (मुंगरी) को प्रतिकिलो न्युनतम मूल्य ३३० पर्नेछ । 

    त्यसैगरी, आज स्याउ (फूजी) को प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, केरा एक दर्जनको न्युनतम मूल्य १३० रुपैयाँ, कागतीको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, अनारको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ, आँप (मालदह) २०० रुपैयाँ, हरियो अंगुरको प्रतिकिलो न्युनतम मूल्य २०० रुपैयाँ, कालो अंगुरको प्रतिकिलो न्युनतम मूल्य ३०० रुपैयाँ र हरियो तरबुजाको प्रतिकिलो न्युनतम मूल्य ३० रुपैयाँ पर्ने समितिले जनाएको हो । 

    प्रकाशित मिति :बैशाख २६ २०८१ बुधवार - ०७:०४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij