Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

प्रचण्डलाई थापाको प्रश्‍न : ओलीलाई विदेशीको एजेन्ट भन्‍ने, सरकारलाई दिएको समर्थन कायम राख्ने !

प्रचण्डलाई थापाको प्रश्‍न : ओलीलाई विदेशीको एजेन्ट भन्‍ने, सरकारलाई दिएको समर्थन कायम राख्ने !


  • 5.4K
    Shares

    प्रचण्डलाई थापाको प्रश्‍न : ओलीलाई विदेशीको एजेन्ट भन्‍ने, सरकारलाई दिएको समर्थन कायम राख्ने !

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लगाएको आरोपप्रति टिप्पणी गरेका छन् ।

    सरकारलाई दिएको समर्थन कायमै राखेर गम्भीर आरोप लगाउने प्रचण्डको शैलीलाई थापाले ‘लाजमर्दो राजनीति’ को संज्ञा दिएका छन् ।

    जातीय विभेद उन्मूलन दिवसको दिन आइतबार एक कार्यक्रममा प्रचण्डले प्रधानमन्त्रीलाई विदेशीको अगाडि लम्पसार परेको आरोप लगाएका थिए ।

    ‘दुई पटक प्रधानमन्त्री भइसकेका प्रचण्डजीले केहीदिन अघिसम्म एउटै पार्टीमा रहेका अध्यक्ष र देशको प्रधानमन्त्रीलाई ‘वर्षौंदेखि विदेशीबाट पालित पोषित एजेन्ट’ भनी आरोप लगाएको सुन्दा आश्चर्य लागेको छ, सामाजिक सञ्जालमा थापाले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने, तर सरकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति’।

    kamal.jpg

     

     

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १४:३२:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij