Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

अन्तर्राष्ट्रिय

भारतीय लोकसभा निर्वाचन : ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान हुँदै 

भारतीय लोकसभा निर्वाचन : ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान हुँदै 


  • 2.6K
    Shares

    भारतीय लोकसभा निर्वाचन : ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान हुँदै 
    images

    काठमाडौं । भारतमा आज लोकसभा चुनावको तेस्रो चरणको मतदान भइरहेको छ ।

    यस चरणमा ११ राज्य र केन्द्र शासित प्रदेशको ९३ सिटमा मतदान भइरहेको छ । तेस्रो चरणमा कुल १.८५ लाख मतदान केन्द्रमा १७.२४ करोड मतदाताले मतदान गर्ने भारतीय निर्वाचन आयोगले जनाएको छ । 

    यस चरणमा हाइप्रोफाइल नेताहरु गृहमन्त्री अमित शाह, नागरिक उडड्यनमन्त्री ज्योतिरादित्य सिन्धे, स्वास्थ्यमन्त्री मनसुख मण्डाविया, केन्द्रीय मन्त्री पुरुषोत्तम रुपालालगायत धेरै केन्द्रीय मन्त्रीहरूको भाग्यको फैसला हुनेछ भने डिम्पल यादव, सुप्रिया सुले, दिग्विजय सिंह जस्ता विपक्षी नेताहरूको लोकसभा सिटमा पनि मतदान भइरहेको छ ।

    तेस्रो चरणको मतदान हुने राज्यहरूमा आसाम, बिहार, छत्तीसगढ, गोवा, गुजरात, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, उत्तर प्रदेश, पश्चिम बंगाल, दादर नगर हवेली र दमन दीप छन् । 

    प्रकाशित मिति :बैशाख २५ २०८१ मंगलवार - ०९:४८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij