२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४९ करोड ३६ लाख ६८ हजार २०४ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीले उल्लेख्य प्रगति गर्दै मुनाफा र जीवन बीमा कोष दुवै बृद्धि गर्न सफल भएको छ ।
चैत मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा छ अर्ब ९६ करोड ६० लाख नौ हजार ३५० रुपैयाँ आर्जन गर्न सफल भएको छ । गत आवमा कम्पनीको जीवन बीमा कोषमा जम्मा पाँच अर्ब ६५ करोड रुपैयाँ संचिती रहेको थियो ।
त्यस्तै, कम्पनीको जगेडा कोषमा एक अर्ब २३ करोड, महाविपत्ति कोषमा १४ करोड रुपैयाँ संचिती रहेको छ । कम्पनीको शेयर प्रिमियम खातामा एक अर्ब २६ करोड रुपैयाँ रहेको छ । समग्रमा कम्पनीको कोषको आकार १० अर्बभन्दा माथि पुगेको छ ।
कम्पनीले समीक्षा अवधीमा कूल बीमा शुल्क आम्दानी दुई अर्ब ७८ करोड रुपैयाँ आम्दानी गरेको छ भने कूल बीमा शुल्क आम्दानी दुई अर्ब ४९ करोड रुपैयाँ रहेको छ ।
कम्पनीले गत आवमा दुई अर्ब ५१ करोड रुपैयाँ खुद बीमा शुल्क आम्दानी गरेकोमा चालु आवमा सामान्य मात्रै घटेको हो ।
त्यस्तै, समीक्षा अवधीमा कम्पनीले ८५ करोड कूल बीमा दावी भुक्तानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम एक अर्ब १५ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको प्रति शेयर आम्दानी २०.५७ रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १९४.११ रुपैयाँ, पिई अनुपात २९.०३, प्रतिशेयर कूल सम्पत्तिको मूल्य ४२१.६४ रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij