Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

घरको छतमा टावर राख्ने कम्पनी नै १४ वर्षदेखि सम्पर्कविहीन

घरको छतमा टावर राख्ने कम्पनी नै १४ वर्षदेखि सम्पर्कविहीन


  • 3.8K
    Shares

    घरको छतमा टावर राख्ने कम्पनी नै १४ वर्षदेखि सम्पर्कविहीन

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीका गगनराज भट्टको तीनतले घरको छतमा ठड्याइएको युनाइटेड टेलिकम (युटिएल)को टावर जोखिमयुक्त अवस्थामा रहेको छ । मोबाइल सेवा प्रदान गर्न १४ वर्षअघि घरधनीसँग १० वर्षको सम्झौता गरी निर्माण गरिएको टावरको मर्मतसम्भार नहुँदा जोखिम बढेको हो ।

    रु छ हजार पाँच सय मासिक भाडा दिनेगरी २५ मिटर अग्लो टावर निर्माण गरिएको घरधनी भट्टले बताए । उनले प्रत्येक वर्ष १० प्रतिशत भाडा रकमवृद्धि गरेर दिने सहमतिका साथ टावर निर्माण गरिएको १४ वर्ष भए पनि सुरूका तीन वर्षपछि कम्पनी नै सम्पर्कविहीन भएको जानकारी दिए । 

    उनका अनुसार टावर राखेदेखि मर्मतसम्भार नहुँदा टावरका नटबोल्ट खुकुलो भएर जोखिम बढेको छ भने अर्थिङ गर्न राखिएको तार चोरी भएको छ । ‘चट्याङ पर्ने सम्भावना पनि उत्तिकै छ । हावाहुरीको समयमा त टावर निकै हल्लिने गरेकाले बजार क्षेत्रका तीन घरसहित सडकमा हिँड्ने यात्रुलाई पनि कतिबेला के हुने हो भन्ने चिन्ता छ,’ भट्टले गुनासो गरे । 

    लामो समयदेखि कम्पनीबारे सोधपुछ गर्दा कार्यालय र सम्बन्धित कोही व्यक्ति नभेटाएपछि जिल्ला प्रशासन कार्यालयलाई लिखित जानकारी गराउँदा पनि समाधान हुननसकेको उनले बताए । 

    टावरसँगै घरमा भाडामा लिएको एउटा कोठामा दुईवटा वातानुकूलित (एसी) र ८० भन्दा बढी ब्याट्री अलपत्र अवस्थामा छन् । टावरका लागि प्रयोग भइरहेको विद्युतको महसुल रु तीन लाख पुग्दा पनि भुक्तानी नभएकाले नेपाल विद्युत् प्राधिकरणले विद्युतलाइनसमेत काटिदिएको छ ।  

    प्रकाशित मिति :बैशाख २३ २०८१ आइतवार - १०:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij