Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

वैशाख २४ गते सार्वजनिक बिदा

वैशाख २४ गते सार्वजनिक बिदा


  • 5.6K
    Shares

    वैशाख २४ गते सार्वजनिक बिदा

    काठमाडौ । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    प्रदेशभरको सरकारी कार्यालयमा नेपाली भाषाको अतिरिक्त कामकाजको लागि तामाङ र नेपाल भाषाको औपचारिक प्रयोगको सुरुवात गर्ने दिनको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    सरकारले वैशाख १२ गते गरेको निर्णय राजपत्रमा प्रकाशन गर्दै २४ गते दिने सार्वजनिक बिदाको पुष्टि गरेको हो ।

    काठमाण्डौंको वसन्तपुरमा भव्य कार्यक्रमको आयोजनाबिच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख २४ गते बिहान ९ बजे प्रदेशभर कामकाजी भाषाको रूपमा तामाङ र नेपाल भाषाको शुभारम्भ गर्नेछन् ।

    कार्यक्रमको लागि बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यकों संयोजकत्वमा ३० सय ३ सदस्यीय विशेष समारोह समिति निर्माण गरिएको छ ।

    समारोह समितिमा तामाङ भाषिक समुदायका तर्फबाट नेपाल तामाङ घेदुङका साथै अन्य तामाङ संघ संस्थाहरु र नेपाल भाषाको समुदायको तर्फबाट नेवाः देय् दवुकाहरु सदस्य रहेका छन्।

    सरकारको निर्णय अनुसार वैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा (रन्जना)मा लेखिएका राखिने मन्त्री बज्राचार्यले बताए ।

    प्रदेश सरकारले भाषा ऐन पारित गरेर राजपत्रमा प्रकाशन गरेपछि २४ गतेबाट ऐनको कार्यान्वयन हुने भएको कारण सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्री बज्राचार्यले बताए ।

    प्रकाशित मिति :बैशाख २१ २०८१ शुक्रवार - १६:१५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij