Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

कर्फ्यूको एक वर्ष पूरा, खोप अभियानपछि बढ्यो लापरवाही !

कर्फ्यूको एक वर्ष पूरा, खोप अभियानपछि बढ्यो लापरवाही !


  • 6.5K
    Shares

    कर्फ्यूको एक वर्ष पूरा, खोप अभियानपछि बढ्यो लापरवाही  !
    images

    भारतमा कारोना भाइरसको महामारीविरुद्धको जनता कर्फ्यूको एक वर्ष पूरा भएको छ । गत वर्ष २२ मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीको अपीलमा भारतमा जनता कर्फ्यू लगाइएको थियो । 

    यो लकडाउनको ट्रायल थियो । ट्रायल सफल भयो । त्यसको तीन दिनपछि मार्च २५ मा भारतमा लकडाउन लगाइएको थियो । कोरोना फेरि पनि बढ्यो । भारतले लगातार चौथो पटक लकडाउन लगायो । 

    त्यसपछि लकडाउन अनलकमा परिणत भयो । अनलक भएपछि कोरोना झन् बढ्यो । सेप्टेम्बरसम्म भारतमा चरम रुपले कोरोना संक्रमित बढेका थिए । 

    अक्टुबरपछि मौसम बदलिँदा झनै बढ्ने अनुमान गरियोे । तर नतिजा उल्टियो । कोरोनाका संक्रमित घट्न थाले ।यो वर्ष जनवरीमा कोरोनाको भ्याक्सिन आयो । फेरि भारतमा लापरवाही बढ्यो । कोरोना अब लाग्दैन भन्ने भ्रमले ११ फेब्रुअरीदेखि फेरि बढ्न थाले कोरोना संक्रमित । 

    गत वर्ष नोभेम्बरपछि लगातार संक्रमित घटिरहँदा फेरिबढिरहेका हुन् । ११ फेब्रुअरीमा ९ एकै दिन ९ हजार ३५३ जना संक्रमित भएकामा २१ मार्चमा बढेर ४७ हजार ७७४ पुगे । 

    मृतक पनि बढ्दै गए । आइतबार २१ मार्चमा २१३ जनाको ज्यान गयो । महाराष्ट्र, पंजाब, मध्यप्रदेश, दिल्लीसमेत कयौं राज्यमा कोरोनाका नयाँ संक्रमित थपिँदै गएका छन् । हाल सक्रिय संक्रमित ३ लाख ३१ हजार ८२६ पुगेका छन् । 

    १६ जनवरीदेखि भ्याक्सिन लगाउन सुरु भएको थियो । ४ करोड ५ लाखले भ्याक्सिनको पहिलो डोज लगाएका छन् । केबल ७५ लाखले मात्र दोस्रो डोज लगाउन पाएका छन् । 

     

    प्रकाशित मिति :चैत्र ९ २०७७ सोमवार - १२:५८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij