२०८२ पौष १५ गते मंगलवार
काठमाडौँ । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा हिमालयन डिष्टिलरी लिमिटेड २१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीले सार्वजनिक गरेको उक्त वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीको खुद नाफा ६३.५१ प्रतिशतले घटेको देखिएको हो । वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा ५७ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले मदिरा बिक्रीमार्फत २ अर्ब ७४ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
कम्पनीको नाफा गिरावट सँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी २१ रुपैयाँ १५ पैसा घटेर १० रुपैयाँ ५० पैसामा झरेको छ।
यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा ४३.८३ प्रतिशत, सञ्चालनबाट हुने कुल आम्दानी ४१.६० प्रतिशत र सञ्चालन मुनाफा ६०.६६ प्रतिशत घटेको छ।
२ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, चैत मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १४१.७४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ७७ पैसा रहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij