२०८२ फाल्गुण २१ गते बिहिवार
अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले आरोप प्रमाणित भए कम्पनी नै बन्द गरिदिने बताएका छन्।
चीनभित्र जासुसी गर्न टेस्ला कार प्रयोग भएको आरोप लागिरहँदा मस्कले यस्तो बताएका हुन्। तर, आरोप लगाउँदै गर्दा पुष्टि गर्ने प्रमाण पनि प्रस्तुत गर्न उनले चुनौती दिएका छन्।
चिनियाँ सेनाले गोपनीयतालाई कारण देखाउँदै टेस्ला कम्पनीका कार प्रयोगमा प्रतिबन्ध लगाएको खबर सार्वजनिक भएको थियो।
बेइजिङका सुरक्षा अधिकारीहरूले टेस्ला कारमा लगाइएको क्यामेराले तथ्यांक चोरी गर्नसक्ने आशंका जनाएका थिए। अमेरिकापछि टेस्लाको सबैभन्दा ठूलो बजार नै चीन हो।
मस्कले भनेका छन्, "व्यापार गर्दैगर्दा यदी कुनै कम्पनीले विदेशी भूमिमा जाजुसीजस्तो काम गर्छ भने त्यसको सबैभन्दा खराब असर सम्बन्धित कम्पनीले नै व्यहोर्नुपर्छ, यदी हाम्रो कारबाट कुनै देशको जासुसी हुन्छ भने कम्पनी नै बन्द गरिदिन्छु।" एजेन्सी
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij