Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले यो वर्ष लाभांश नदिने

१२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले यो वर्ष लाभांश नदिने


  • 2.8K
    Shares

    १२ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको एलआईसीले यो वर्ष लाभांश नदिने
    images

    काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले अघिल्लो वर्षको नाफाबाट लाभांश नबाँड्ने भएको छ ।

    कम्पनीको सञ्चालक समितिको सोमबार बसेको १३२ औँ बैठकले आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई कुनैपनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    तथापि, कम्पनीले आर्थिक वर्ष २०७९/७९ मा १२ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । अघिल्लो वर्ष ८ करोड ७४ लाख रुपैयाँ नोक्सान बेहोरेको कम्पनीका लागि यो वर्ष आकर्षक नाफा भएको छ । तर पनि खराब आर्थिक स्थितिलाई देखाउँदै कम्पनीले यो वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    आर्थिक वर्षमा कम्पनीले खुद बीमा लेख मार्फत १७ खर्ब ३९ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने सोही अवधिमा यता ४० करोड ९० लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

    २०८० असार मसान्तसम्म कुल चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ पुगेकोमा कम्पनीको जीवन बीमा कोष १ खर्ब ७ अर्ब रुपैयाँ पुगेको छ । 

    प्रकाशित मिति :बैशाख १८ २०८१ मंगलवार - १५:०७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij