२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी) ले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको वैशाख १७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
बैठकले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij