Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

खेलकुद

चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 

चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 


  • 3.9K
    Shares

    चर्चित क्रिकेटर विराट कोहली परे कारबाहीमा, आईपीएल आचारसंहिता उल्लंघन गरेको आरोप 

    आइतबार खेलिएको कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा इन्डियन प्रिमियर लिग (आईपीएल)को आचारसंहिता उल्लंघन गरेको भन्दै विराट कोहलीमाथि कारबाही गरिएको छ । उनको म्याच फिको ५० प्रतिशत जरिवाना गरिएको हो ।

    आईपीएलद्वारा विज्ञप्तिमा कोहलीमाथि किन कारबाही गरियो भन्ने स्पष्ट रुपमा नखुलाए पनि खेलमा उनी आउट भएपछि देखाएको प्रतिक्रिया कारण कारबाहीमा परेको हुन सक्ने बताइएको छ ।

    रोयल च्यालेन्जर्स बैंगलुरुले २ सय २३ रनको लक्ष्य पछ्याउने क्रममा कोहली तेस्रो ओभरमा ७ बलमा १८ रन बनाउँदा आउट भएका थिए । हर्षित रानाको हाई फुलटस बलमा उनी कट एन्ड बोल्ड भएका थिए । 

    कोहली उक्त बल नो–बल हुनुपर्ने माग गरेका थिए । तर, हक आई बल ट्रयाकिङकले उक्त बल वैद्य भएको देखाएको थियो । उनी यस निर्णयबाट खुसी थिएनन् र उनले अम्पायरसँग आफ्नो असन्तुष्टि पोखेका थिए ।

     

    प्रकाशित मिति :बैशाख ११ २०८१ मंगलवार - ११:१२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij