Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

पश्चिम भारतमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु

पश्चिम भारतमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु


  • 2.4K
    Shares

    पश्चिम भारतमा सडक दुर्घटना हुँदा ९ जनाको मृत्यु
    images

    नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा आइतबार बिहान भएको सडक दुर्घटनामा १८ देखि ३० वर्ष उमेर समूहका कम्तीमा नौ पुरुषको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

    राजस्थानको झालवार जिल्लामा तीव्र गतिमा गुडिरहेको गाडीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । पीडितहरू छिमेकी राज्य मध्यप्रदेशको विवाहमा सहभागी भई घर फर्किरहेका थिए ।

    दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जनाको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटना हुँदा दुर्घटनाग्रस्त गाडीमा १० जना सवार थिए । एक जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    दुर्घटनापछि ठूला सवारी साधनका चालक घटनास्थलबाट फरार भएको र पछि उनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएका थिए ।

    प्रकाशित मिति :बैशाख ९ २०८१ आइतवार - १६:२९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij