२०८२ माघ १२ गते सोमवार
काठमाडौं । ४० वर्ष भारतको जेलमा बिताएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) नेपाल आइपुगेका छन् । उनी झापा हुँदै इलामतर्फ लागेका हुन् । उनी आजै बेलुकासम्म इलाम माई नगरपालिका–१० पुग्ने बताइएको छ ।
भारतको कोलकत्ता उच्च अदालतका न्यायाधीशद्वय ठोटविल बी राधाकृष्णन् र अनिरुद्र रोयको आदेशमा उनी रिहा भएका थिए ।
उनी काकडभिट्टा आइपुगेपछि छोटो कुरा गर्दै आमालाई भेट्न आतुर भएको बताएका थिए । उनले आमालाई भेटेर अँगालो मारेर रुन मन भएको समेत बताएको एकजना आफन्तले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij