Logo

२०८२ कार्तिक २३ गते आइतवार

२०८२ कार्तिक २३ गते आइतवार

राजनीति

एमाले–माओवादी एकठाउँ हुँदा चीन खुशी

एमाले–माओवादी एकठाउँ हुँदा चीन खुशी


  • 3.1K
    Shares

    एमाले–माओवादी एकठाउँ हुँदा चीन खुशी
    images

    काठमाडौं । चीनले नेपालमा वामपन्थी शक्तिहरुको एकतामा जोड दिएको छ । चीन भ्रमणमा रहेका माओवादी केन्द्रका महासचिव देव गुरुङसँगको कुराकानीमा चीनको निम्ति इन्टरनेशनल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आईडीपीसी) का प्रमुख लिउ चियानचाओले यस्तो बिचार राखेका हुन् ।

     चियानचाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी सरकार बनेकोमा आफूलाई खुशी लागेको बताए । उनले वामपन्थी सरकार बनाउनु भनेको नेपाल स्वर्णिम यात्रातर्फ अग्रसर हुुनु भएको धारणा राखे । वामपन्थी एकताले मात्र नेपालको विकास हुनसक्ने भन्दै उनले वामपन्थी  शक्तिको एकीकरणमा जोड दिए ।

     अमेरिकालाई लक्षित गर्दै उनले चीनलाइ घेराबन्दी गर्न केही देशहरु नेपाललाई सहयोग र्ने बहानामा आइराखेको र त्यस्तो कुरा चीनलाई सह्य नहुने उनले बताए । दुई देशबिच जस्तोसुकै व्यवधान खडा गर्न खोजिएपनि नेपाल र चीनबिचको सम्वन्ध सुदृढ नै रहने उनले दावी गरे । 

     जवाफमा माओवादी नेता देव गुरुङले एक चीन नीतिमा आफू र आफ्नो पार्टी अडिग रहेको र नेपाल पञ्चशीलको मान्यतामा अघि बढ्ने बताए । पश्चिमा शक्तिले खेल्ने चेष्टा गरेपनि आफ्नो सरकार चेक एण्ड ब्यालेन्स अनुसार अघि बढिरहेको गुरुङले दावी गरे । उनले चीनको बीआरआईको निम्ति चीनलाई धन्यवाद दिए । सोही अवसरमा चियानचाओले चिनिया लागानीप्रति नेपालले ठोस कदम अघि नबढाएको गुनासो गरे । 

    प्रकाशित मिति :बैशाख ७ २०८१ शुक्रवार - १६:०२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij